बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मिति २०८२ फागुन १५ गते माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटाज्यूको मुख्य उपस्थितिमा बागमती प्रदेशको समग्र शहरी विकास र भविष्यको योजनाबारे विशेष अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (TU-IOE) का 'मास्टर इन अर्बन प्लानिङ' का विद्यार्थीहरु तथा प्राध्यापकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा दिगो, व्यवस्थित र आधुनिक शहरका रूपमा विकास गर्न चालिनुपर्ने कदमहरूमाथि गहन छलफल गरियो।