2025-11-20
2025-11-20
तस्बिर : बागमती प्रदेशमा एसियाली विकास बैंक (ADB) सँग सहकार्यका सम्भावित क्षेत्रबारे विस्तृत छलफल
काठमाडौं, मंसिर ४ (नोभेम्बर २०), २०८२ – बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय (MoPID, Bagamati) र एसियाली विकास बैंक (ADB) को उच्चस्तरीय टोलीसँग प्रदेशको पूर्वाधार विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल सम्पन्न भएको छ। उक्त छलफल कार्यक्रममा मन्त्रालयको तर्फवाट माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटा , योजना अनुगमन तथा वातावरण महाशाखा प्रमुख प्रतिभा न्यौपाने, सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठ, र सुवोध अधिकारी र एसियाली विकास बैंक (ADB) को तर्फवाट Country Director Arnaud Cauchois, Portfolio Management Unit का प्रमुख Arnaud Heckmann, तथा सल्लाहकार सञ्जय कक्षपति सहितको टोलीको सहभागीता थियो।
उक्त छलफलमा प्रमुखत दुई पक्षबीच पूर्वाधार विकास, परियोजना कार्यान्वयनको गति बढाउने उपाय, प्राविधिक सहायता, क्षमता अभिवृद्धि र बागमती प्रदेशमा दिगो विकासका लागि थप लगानीका सम्भावित अवसरहरूबारे गम्भीर विचार–विमर्श गरियो। यस प्रकारको उच्चस्तरीय समन्वयले प्रदेशको भौतिक पूर्वाधार निर्माणमा विदेशी लगानी र प्राविधिक सहयोगलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।