2025-11-28
2025-11-28
तस्बिर :
मिति २०८२ मंसिर १३ गते, शनिबारका दिन एक उद्घाटन समारोहका बीच पूर्वाधार विकास कार्यालय, मकवानपुरवाट नवनिर्मित हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुर र मनहरी गाउँपालिका-३ भुन्द्रुङ जोड्ने राप्तीखोला पक्की पुलको बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँज्यू र भौतिक पूर्वाधार विकास मन्त्री माननीय डा. दिनेशचन्द्र देवकोटाज्यू वाट संयुक्त रुपमा उद्घाटन तथा शिलालेख अनावरण भयो । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव ई. ईश्वरचन्द्र मरहट्टाज्यूको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायत उल्लेख्य संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो । पुल सञ्चालनमा आएसँगै वर्षौंदेखि वर्षायाममा अवरुद्ध हुने गरेको दुई पालिका बीचको सिधा आवागमन सहज भएको छ, जसले स्थानीय बासिन्दालाई कृषि उपजको बजारीकरण, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच स्थापित भएको छ ।