Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

बागमती प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

हेटौंडा, मकवानपुर

समझदारी पत्र (MoU) हस्ताक्षर: बागमती प्रदेश सरकार र त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान बीच सहकार्य

2025-11-15

2025-11-15


1.jpeg तस्बिर : समझदारी पत्र (MoU) हस्ताक्षर: बागमती प्रदेश सरकार र त्रिवि इन्जिनियरिङ बीच सहकार्य

२०८२ साल कार्तिक ३० गते (नोभेम्बर १६, २०२५) मा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय (MoPID) र त्रिभुवन विश्वविद्यालय (Tribhuvan University) अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ (Pulchowk Campus) बीच आपसी सहकार्य, प्राविधिक समन्वय तथा क्षमतावृद्धि कार्यक्रमलाई थप सुदृढ बनाउने लक्ष्यका साथ एक महत्त्वपूर्ण समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ। माननीय मन्त्री डा. दिनेशचन्द्र देवकोटा र इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्रा. डा. सुशील बज्राचार्यज्यूको गरिमामय उपस्थितिमा भएको यस सम्झौताले प्रदेशको भौतिक पूर्वाधारको विकास र निर्माण कार्यमा प्राज्ञिक अनुसन्धान, प्राविधिक विशेषज्ञता र नविनतम प्रविधिको उपयोग गर्दै, गुणस्तरीय पूर्वाधार निर्माणमा दुवै संस्थाको संयुक्त क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सूचना


सबै सूचना हेर्नुहोस
साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2082-08-17 00:43:45

© सर्वाधिकार सुरक्षित भौतिक पूर्वाधार विकास मन्त्रालय